गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवनको जगतपुरमा राप्ती नदीमा गोहीका आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बस्ने ५६ वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो ।

उनको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

परिवारका अनुसार उनी सोमबार दिउँसो घाँसदाउराका लागि भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो ।

तर, आज बिहान राप्ती नदी किनारमा खोजी गर्दैजाँदा गोहीको आक्रमणमा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

चोखाल सामान्य खेतीपाती र घाँसदाउरा गरेर जीविका चलाउँदै आएका थिए । उनको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।