दूख त खबर ; धरानको जंगलमा एक महिलाको शव भेटीयो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ चैत, विराटनगर । सुनसरीस्थित धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र महिलाको शव फेला परेको थियो । बिहीबार मृत भेटिएकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको थियो ।

महिलाको पहिचान खुलेपछि प्रहरीले शुक्रबार बिहान अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चुनकुमारीको योजनाबद्ध रुपमा हत्या भएको देखिन्छ

धनकुटा घर भए पनि पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरीमा डेरा बस्दै आएकी थिइन् ।

उनका श्रीमान् प्रेमबहादुर वैदेशिक रोजगारीका लागि कोरियामा छन् ।

महिलाको हत्यामा परिवारकै संलग्नता हुनसक्ने देखिएपछि अनुसन्धानका लागि मृतकको देवर र देउरानीसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।
तर, पक्राउ परेकाहरूको प्रहरीले पहिचान भने खुलाएको छैन ।

प्रहरीका अनुसार चुनकुमारीको पतिसँग सम्बन्ध राम्रो थिएन । घरमा सम्पति सम्बम्धी विवाद थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । घटनाबारे सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् ।

प्रहरीका अनुसार जंगलमा महिलाको हत्यापछि लसुनेको रुखको फेदमा शवलाई अडेस लगाएर छाडिएको अवस्थामा फेला गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।