देवचुलीका ७१ ज्येष्ठ नागरिक जनकपुरको तीर्थयात्रामा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुरको देवचुली नगरपालिकाले नगरभित्रका ७५ वर्ष माथिका ७१ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ । नगरपालिकाले यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगर भरिका तीर्थयात्रामा जान इच्छुक ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थाटनमा पठाएको हो ।


मंगलबार बिहान स्वास्थ्यकर्मी सहित तीर्थयात्रामा हिडनुभएका ज्येष्ठ नागरिकहरुलाई नगर उप प्रमुख पार्वता तिवारीलगायत जनप्रतिनिधिले खादा लगाएर बिदाई गर्नुभएको हो । मंगलबार र बुधबार दुई दिनसम्म ज्येष्ठ नागरिकलाई जनकपुर सम्म तीर्थयात्रा गराउन लागिएको हो ।

देवचुली नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप तीर्थयात्रामा पठाएको उप प्रमुख पार्वता तिवारीले बताउनुभयो । ज्येष्ठ नागरिकको इच्छा अनुसार आवश्यक बजेटको व्यवस्था गरि तीर्थाटनका लैजान लागिएको उहाँले बताउनुभयो । आगामी वर्ष समेत ज्येष्ठ नागरिकको मागबमोजिम कार्यक्रम गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


नगरपालिकाले दुईवटा एसी डिलक्स बसमा ज्येष्ठ नागरिकलाई तीर्थ यात्रा पठाएको हो । बाटोमा खाना, पानी लगायतको सबै व्यवस्था मिलाइएको देवचुली नगरपालिका लेखा अधिकृत नारायण ढकालले जानकारी दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।