६ फागुन, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटार निवासी ८ वर्षीया विष्णु कुमालको निर्माणाधीन छल्दी–ठाढुंगा सडकबाट खसेको ढुंगाले लागेर आइतबार मृत्यु भयो । विद्यालय जान घरबाट हिँडेको पाँच मिनेट नहुँदै माथिबाट खसेको ढुंगाले लागेर उनको ज्यान गएको थियो ।
छोरी गुमाएका ज्ञानबहादुर कुमाल आफ्नो दुई तले घर पनि सडककै कारण जोखिममा परेकाले छिमेकीको घरमा गएर बस्ने गरेको बताउँछन् ।