बजारमा कुरिलोको मूल्य घट्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बजारमा कुरिलोको मूल्य घटेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटीको तथ्यांक अुनसार आइतबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहको छ।

शुक्रबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहको थियो। 

आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ हुन्छ। बजारमा धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ।

कुरिलो व्यवसायीहरूका अनुसार कुरिलो गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुँदै जानेछ।

कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।

कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।

कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। 

कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।