८० वर्षीय नयाँराम जैशी व्यक्ति मृत भेटिए, लेनदेन को कारण ज्येष्ठ नागरिकको हत्या आशंका


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।

 

 

मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव घटनास्थलबाट उठाइएको छैन । उनका छोरा काठमाडौंबाट आइरहेका कारण शव नउठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।