विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति अनुसारको अग्रगामी विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गरेको छ ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

‘नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति बमोजिम स्थायी, सबै प्रकारका अस्थायी (राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा, विशेष शिक्षा लगायतका) शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या सम्बोधन हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन शीघ्रातीशीघ्र (यही अधिवेशनबाट) जारी गर्न माग गर्देछ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटबाट शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न पनि सरकारसँग माग गरेको छ ।

हप्तामा दुई दिने बिदा दिने निर्णयको समर्थन गर्दै महासंघले कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह समेत गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।