मुक्तिनाथमा लेक लागेर नेपाली तीर्थयात्रीको मृत्यु


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका मुस्ताङ प्रहरीले जनाएको छ ।

 

मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको सङ्ख्या ३ पुगिसकेको छ । मृतकमध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।