कलंकीमा आज बिहानै ठाउँ ठाउँमा प्रहरीसँग झडप


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार  जेनजीको प्रदर्शन थप आक्रामक भएको छ । 

 

 

काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ । 

काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।