धनुषामा नालीमा भेटियो जेष्ठ नागरिकको शव


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।