अध्यादेश ल्याउँदै सरकार


सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।

सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।